प्रचण्डविरूद्ध अपहेलनाको मुद्दा दर्ता
काठमाण्डाै – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्ध अदालतमा अपहेलनाको मुद्दा दर्ता भएको छ ।
अधिवक्ता समिर हायूले मुद्दा दर्ता गर्नु भएको हो । मुद्दाको पेसी मंगलवारका लागि तोकिएको छ । गएको शुक्रवार विराटनगरकाे सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता हायूले मुद्दा दर्ता गरेका सर्वोच्चका प्रेस विज्ञ किशोर पौडेलले बताउनुभयो ।
प्रचण्डले सम्बोधनका क्रममा शान्ति र न्यायका लागि जसले त्याग र बलिदान गर्यो उसैलाई निमेट गर्ने र अपमान गर्ने काम भएको बताउनु भएको थियो । प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दामा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


