काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २ हजार ५ सयभन्दा तल झर्‍याे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमित सङ्ख्या दुई हजार पाँच सयभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा दुई सय ६४ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ८९ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म दुई लाख ६६ हजार ६ सय जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै गएको २४ घण्टामा चार हजार एक सय ४५ जनाको पीसीआर परीक्षण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्यमा झरेकाे छ । यसअघि गएकाे बिहीवार पनि काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या शून्यमा झरेका थियाे ।

TOP