कपिलवस्तुको जमुनी देखि सुखरामपुर हुँदै बढनी सातमारा खण्ड हुलाकी सडक कालोपत्रेको टेन्डर प्रक्रिया अघि बढ्यो
कमल बिष्ट
कपिलवस्तु-कपिलवस्तुको जमुनी देखि सुखरामपुर- अजिगरा- बिसुनपुरा- नारायण डिहवा- अल्गा- कुसहवा- हुँदै बढनी सतभरा सम्मको हुलाकी सडक खण्ड कालोपत्रे हुने पक्का भएको छ ।
निर्माण प्रक्रिया अगाडि बढाउनका लागि टेन्डर प्रक्रिया समेत अघि बढीसकेको लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले जानकारी दिनुभयो ।
निरन्तरको पहल पछि प्रदेश सरकारले सडक लाई कालोपत्रे गर्न आर्थिक ब्यवस्थापन गरेर निर्माण लाई सुनिस्चितता दिएको भन्दै त्यस क्षेत्रका नागरिकका लागि प्रदेश सरकारले ठूलो रकम खर्चेर हिलो र धुलोमा हिड्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै नागरिक लाई स्तरीय सडक उपलब्ध गराउन तयार भै आफ्नो चासो सम्बोधन गरेकोमा भएकोमा प्रदेश सरकार लाई धन्यवाद समेत दिनुभयो ।
लुम्बिनी प्रदेश सरकारको करीब २० करोडको लागतमा निर्माण हुने करीब १२ किलोमीटर सडक आउदो आर्थिक वर्ष भित्र निर्माण सम्पन्न हुनेगरी टेन्डर हुनेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


