बहराइनद्वारा रुसमा विकास गरिएको खोप प्रयोगका लागि अनुमति
काठमाण्डौ – बहराइनले रुसमा विकास गरिएको कोरोना भाइरसविरुद्धको खोप प्रयोगका लागि पनि अनुमति दिएको छ ।
बहराइनका स्वास्थ्य अधिकारीहरूले स्पुतनिक भी खोपलाई आपत्कालीन अवस्थामा प्रयोगका लागि अनुमति दिएको हो ।
राष्ट्रिय स्वास्थ्य नियामक निकाय एनएचआरएले स्पुतनिक भी पनि कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएकाले अत्यावश्यक अवस्थामा उपभोग गर्ने गरी अनुमति दिइएको जनाएको छ ।
बहराइनका स्वास्थ्य अधिकारीले खोपको उत्पादन भने अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार हुनु पर्नेमा जोड दिएका छन् । बहराइनमा कोरोनाविरुद्धका अरु खोपको प्रयोग भने यसअघि नै सुरु भइसकेको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


