अति प्रतिकूलताका बीच पनि काम भएको छ : मुख्यमन्त्री पौडेल
मकवानपुर – वाग्मती प्रदेश सरकारले तेस्रो वर्ष पूरा गरेको छ । प्रदेश सरकारले तीन वर्षभरि गरेका कामको विवरण समेटिएको पुस्तकसमेत विमोचन गरेको छ । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले पुस्तकको विमोचन गर्नुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार भएको कार्यक्रममा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिलेको समयमा अत्यन्तै प्रतिकूलताका बीच पनि काम भएको बताउनुभएको छ ।
सरकारलाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्ने काम धेरै भएको बताउँदै उहाँले भन्नुभयो, ‘अहिलेको यो कार्यक्रममा पनि अगाडिका धेरै कुर्सीहरू खाली छन् । कुर्सी खाली गरेर माइतीघर मण्डलामा बसेका छन् । यस्तो प्रतिकूलताका बीच पनि काम भएको छ ।’
प्रदेश सरकारले गरेका कामबाट निराश हुनुपर्ने कुनै कारण नरहेको उहाँले बताउनुभयो । तीन वर्षमा गरिएका कामको सबै विवरण विमोचन गरिएको पुस्तकमा समेटिएको उहाँले बताउनुभयो । सुशासनको क्षेत्रमा धेरै काम भएको उहाँको दाबी छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


