हिमाली क्षेत्रमा हिमपात तथा पश्चिमका पहाडी भूभागमा वर्षाकाे सम्भावना
काठमाण्डाै – आज पश्चिमका पहाडी क्षेत्रका एक/दुई ठाउँमा सामान्य पानी पर्ने सम्भावना रहेको छ ।
अरु ठाउँको मौसम पनि राम्रोसँग नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा हिमपातको सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । आज देशभर घाम राम्रोसँग नलाग्ने र मौसम राम्रोसँग नखुल्ने मौसमविद् नगरकोटीको भनाइ छ ।
यस्तै तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु र कुहिरो लागिरहेकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, वाग्मती प्रदेश र प्रदेश १ का केही ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइरहेको छ ।
यस्तै अहिले अरु पहाडी क्षेत्रमा आंशिक बद्ली रहेको छ भने बाँकी ठाउँको मौसम सफा रहेको महाशाखाले जनाएको छ । तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको मौसमविद्ले बताएका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


