प्रधानमन्त्रीको अनेकन दावी, ‘अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने’
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री केपी ओलीले अर्को वर्ष १० प्रतिशतको आर्थिक वृद्धि हुने दावी गर्नुभएको छ ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट सरकारले तीन वर्षमा गरेको उपलब्धि सुनाउँदै प्रधानमन्त्री ओलीले अर्को वर्ष आर्थिक वृद्धिदर १० प्रतिशत पुग्ने दाबी गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले यस्तो दावी गरिरहँदा अर्थतन्त्रको अवस्था भने तीन वर्षको औसत आर्थिक वृद्धिदर साढे ५ प्रतिशतमा सीमित छ ।
अस्तव्यस्त रहेको अर्थतन्त्रलाई आफूले सम्हालेको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले सरकारको नेतृत्व सम्हालेको एक वर्षमै ७ प्रतिशत आर्थिक वृद्धि भयो । सात वटै प्रदेशमा आर्थिक वृद्धि ६ प्रतिशत रह्यो ।’
कोरोनाका कारण केही समय प्रभावित भएपनि मुलुक फेरि उच्च आर्थिक वृद्धिको बाटो समात्ने गरी चलायमान भइसकेको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अर्को बर्ष १० प्रतिशतको आर्थिक बृद्धि हुने संकेत देखिएको छ ।’
तीन बर्षको अवधिमा २९ प्रतिशतले सार्वजनिक खर्चमा वृद्धि भएको, ९ लाखभन्दा बढी जनसंख्यालाई निरपेक्ष गरीबीको रेखाबाट माथि उठाइएको, नेपालमा गरीबी नबढेको, भोकमरी नबढेको, सबै स्थानीय तहमा वित्तीय सेवा पुगेको, व्यवसायीक आयकरको दायरा ५२ प्रतिशतले बढेको, बीमा सेवाको विस्तार २२ दशमलब ७ प्रतिशत पुगेको दावी पनि पेश गर्नुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


