एक्मी इञ्जिनियरिङका अखिल विद्यार्थी पक्राउ
सीतापाइलास्थित एक्मी इन्जिनियरिङ कलेजमा नारा जुलुस गरेको भन्दै प्रहरीले अनेरास्ववियुका पाँच जना विद्यार्थीलाई हिरासतमा लिएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीलाई मासिक र भर्ना शुल्कमा छुट नगरेपछि अनेरास्ववियु एक्मी कमिटीका अध्यक्ष प्रकृति घिमिरेको नेतृत्वमा कलेज हातामा नारा जुलुस हुँदा प्रहरीले पक्राउ गरेको विद्यार्थी संगठनले जनाएको छ । विद्यार्थीहरूले कलेज प्रशासन मूर्दावादको नारा लगाएपछि प्रहरीले पक्राउ गरेको संगठनको आरोप छ । त्यसपछि नियन्त्रणमा लिइएका विद्यार्थीको रिहाइ नभएसम्म विद्यार्थीले विरोध कार्यक्रम नरोक्ने चेतावनी दिएपछि दिउँसो डेढ बजे प्रहरीले पाँचै जनालाई छाडेको थियो । लगत्तै कलेज प्रशासनको प्रतिनिधिसहित अखिल,नेविसंघ र जसपा निकट प्रत्येक विद्यार्थी संगठनको तर्फबाट दुई जनाको दरले उपस्थित प्रतिनिधिहरूबीच वार्ता भएको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


