कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको साधारण सभा सम्पन्न
काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाको छैटौँ साधारण सभा सम्पन्न भएको छ ।
उज्यालो घर जावलाखेलमा भएको साधारण सभा समारोहमा नेपाल पत्रकार महासङ्घका सचिव रामप्रसाद दाहालले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने जुनसुकै गतिविधिको विरोध गर्ने बताउनुभयो । सचिव दाहालले विगतमा सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको डटेर विरोध गर्दा सरकार पछि हट्न बाध्य भएको र अहिले फेरि सामाजिक सञ्जाल नियन्त्रणको नाममा प्रेस स्वतन्त्रतालाई बाँध्न लागेको बताउनुभयो ।
उहाँले कोरोना महामारीका बेलामा ठूला मिडिया हाउसमा पत्रकारलाई निष्कासन गर्ने, तलब नदिने लगायतका समस्या देखिएको र महासङ्घको पहलमा धेरै समस्या समाधान भइसकेकाे बताउनुभयो । अब पत्रकार महासङ्घ खुला मतदान प्रणालीमा जाने बताउँदै उहाँले यसबाट थप प्रजातान्त्रिक अभ्यासको सुरुवात हुने बताउनुभयो । महासङ्घलाई नितान्त श्रमजीवी पत्रकारको संस्था बनाउने उद्देश्यका साथ शुद्धीकरण अभियान थालिएको सचिव दाहालको भनाइ छ ।
कार्यक्रममा कम्युनिकेशन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले आफू पत्रकारको हकहितका लागि सधैँ प्रतिबद्ध रहेको र यसलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । विभिन्न सङ्कटका बेलामा मिडिया हाउसमा पनि समस्या देखिने भए पनि पत्रकार र व्यवस्थापनको छलफलबाट समस्या समाधान भइरहेको गुरागाईंले बताउनुभयो ।
कार्यक्रममा महासङ्घको प्रतिष्ठान शाखाका इञ्चार्ज यम विरहीले पत्रकारको हकहितका लागि सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कम्युनिकेशन कर्नर प्रतिष्ठान शाखाले पत्रकार हकहितका लागि काम गरेकोमा प्रशंसा पनि गर्नुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


