अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमतिपछि साेमवारदेखि काम सुरु
सङ्खुवासभा – सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रोमा टिपरको ठक्करबाट ज्यान गएपछि रोकिएको काम सोमबारदेखि सुरु भएको छ ।
मकालु गाउँपालिका ५ फ्याक्सिन्दाबेसीमा गएको शुक्रबार टिपरको ठक्करबाट खड्गबहादुर राईको ज्यान गएपछि स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै आन्दोलन चर्काएपछि काम ठप्प भएको थियो । आइतबार राति अबेरमात्रै आयोजना र पीडित पक्षबीच छलफलपछि पीडित पक्षले चार दिनपछि मृतकको शव बुझेका हुन् ।
मृतक खड्गबहादुरका सालो दीपेन्द्र राईले अरुण तेस्रो आयोजना र पीडित पक्षबीच १० बुँदे सहमति भएपछि मात्रै सोमवार शव उठाएर अत्येष्टि गरिएको बताउनुभयो । उहाँका अनुसार इन्स्योरेन्सबापतको २० लाख रुपैयाँ उपलब्ध गराउने, मृतकका दुई जना छोराछोरीको लालनपालनको सम्पूर्ण खर्च बेहोर्ने र उनीहरुको उच्च शिक्षाका लागि भारतीय राजदूतावासबाट छात्रवृत्ति उपलब्ध गराउने, मृतकका बुबाआमाको भरणपोषणका लागि मुद्दति खातामा १० लाख रुपैयाँ जम्मा गर्ने सहमति भएको छ ।
त्यस्तै मृतकका परिवारबाट दुई जनालाई जेपी कम्पनीमा रोजगारी उपलब्ध गराउने, हेलिकप्टरमार्फत काठमाण्डौ लगिएकी घाइते प्रेमकुमारीको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र स्थानीयले उठाएका विभिन्न मागको समेत सम्बोधन गर्ने भनि १० बुँदै सहमति भएको उहाँले बताउनुभयो ।
पीडित पक्ष र अरुण तेस्रो आयोजनाका जेपी एसोसिएट कम्पनीबीच मृतकका परिवारलाई ५२ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएपछि सोमवारदेखि अरुण तेस्रोको काम सुरु भएको हो ।
बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना सङ्खुवासभामा निर्माणाधीन छ । सन् २०२३ भित्र सम्पन्न गर्ने गरी काम अघि बढिरहेको छ । अरुण तेस्रो जलविद्युत् परियोजनामा भारतीय सतलज कम्पनी एसजेभीएनले काम गरिरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


