प्रिमियर लिग : चेल्सीसँग न्युक्यासल युनाइटेड पराजित
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ ।
चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गाेल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र टिमो वेर्नरले एक/एक गोल गरे ।
जितसँगै चेल्सीले वेस्टह्याम र लिभरपुललाई पछि पार्दै चौंथो स्थानमा उक्लिएको छ । चेल्सीको २४ खेलबाट ४२ अङ्क छ । न्युक्यासल २५ अङ्कजोडेर १७ औं स्थानमा रहेको छ । चेल्सी शीर्षस्थानको म्यानचेस्टर सिटीसँग ११ अङ्कले तथा दोस्रो र तेस्रो स्थानको म्यानचेस्टर युनाइटेड र लेस्टरसँग ४ अङ्कले पछि छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा सेफिल्ड युनाइटेडलाई वेष्टह्यामले ३-० गोल अन्तरले पराजित गरेको छ । जितसँगै वेष्टह्याम पाँचौं स्थानमा उक्लिएको छ । वेष्ह्यामको २४ खेलबाट ४२ अङ्क छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


