कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै : महाधिवेशनको नयाँ मिति तय गर्ने
काठमाण्डाै – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पर्सि ७ गतेदेखि १० गते सम्म हुने भनिएको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्न कांग्रेसले बैठक बोलाएको हो ।
केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरी नयाँ मिति तय गर्न केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बैठक बस्न लागेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । प्रतिनिधि सभा विघटन सम्बन्धी विषयलाई सर्वोच्च अदालतले टुङ्गो लगाएपछि मात्रै राष्ट्रिय राजनीतिले मार्ग प्राप्त गर्ने भएकाले त्यसपछि नयाँ मिति तय गर्ने अथवा अगाडि नै तय गर्ने भन्ने सम्बन्धमा समेत छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।
बैठकमा पार्टीको आन्तरिक समस्या, क्रियाशिल सदस्यता वितरण लगायतका विषयमा पनि छलफल हुने उहाँले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


