प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग एभर्टन ३-१ गोल अन्तरले पराजित
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १० अङ्कको अग्रता कायम गरेको छ ।
गएराति भएको खेलमा एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले १० अङ्कको अग्रता बनाएको हो । जितसँगै म्यानचेस्टर सिटीको २४ खेलबाट ५६ अङ्क भएको छ भने समान २४ खेल नै खेलेको म्यानचेस्टर युनाइटेडको ४६ अङ्क छ ।
एभर्टन २३ खेलमा ३७ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा बनर्ली र फुलह्यामले एक/एक गोलको बराबरी खेलेका छन् ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


