गाैतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाकाे २० लाख सहयाेग
काठमाण्डाै – गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
महानगरपालिका र धुर्मुस सुन्तली फाउण्डेशनबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । साथै शुक्रबार नै महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) लाई २० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष धुर्मुसले अप्ठेराे परिस्थितिमा ललितपुर महानगरपालिकाले गरेको सहयोगले देशको रङ्गशाला निर्माण भइरहेको छ भन्ने सन्देश दिएको बताउनुभयो ।
रङ्गशाला निर्माणका लागि देशभरका विभिन्न पालिकाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको पनि फाउण्डेशनका अध्यक्ष कट्टेलले बताउनुभयो । महानगरपालिकाको सहयोगबाट रङ्गशाला निर्माणका लाथि ऊर्जा थपिएको पनि उहाँले बताउनुभयो ।
रङ्गशाला निर्माण गरेर जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी सरकारलाई सहयोग गर्न पाउँदा खुसी लागेको फाउण्डेशनका अध्यक्ष कट्टेलकाे भनाइ छ । यसै आर्थिक वर्षभित्र तीन हजार क्षमताको प्याराफिटसहितको रङ्गशाला निर्माण भइसक्ने र सकेसम्म छिटो सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने योजनाका साथ काम भइराखेको उहाँले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


