जिल्ला अदालत माेरङ परिसरबाट भागेका २ जना थुनुवा अझै भेटिएनन्, भारततर्फ गएकाे अनुमान
माेरङ – जिल्ला अदालत मोरङ परिसरबाट भागेका दुई जना थुनुवा अझै भेटिएका छैनन् । लागुऔषधसहित पक्राउ परेका कटहरी गाउँपालिका ४ का मनराज शेख र झापाको बिर्तामोड नगरपालिका ५ का प्रकाश चौधरी साेमवार जिल्ला अदालत मोरङ परिसरबाट फरार भएका हुन् ।
अदालतबाट पाँच दिनको म्याद थपिएपछि क्यान्टिनमा खाजा खाने क्रममा भागेका उनीहरूको खोजी भइरहेको र अहिलेसम्म पत्ता नलागेको प्रहरी नायब उपरीक्षक (डीएसपी) लोकदर्शन थापाले जानकारी दिनुभयो ।
हतकडीसहित भागेका उनीहरू भारततर्फ गएको प्रहरीको अनुमान छ । प्रहरीको मोवाइलबाट फोन गरेको केहीबेरमा भागेका हुनाले कसैलाई बोलाएर भागको हुन सक्ने र यसमा प्रहरीको मिलेमतोका बारेमा समेत अनुसन्धान भइरहेको डीएसपी थापाले बताउनुभयो ।
फरार रहेका दुवै जनालाई गएकाे आइतवार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले खैरो हिरोइनलगायतका लागुऔषधसहित पक्राउ गरेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


