बिजयनगर गाउपालिका उपाध्यक्ष चौधरीका कदम : सशक्तिकरण र आयआर्जनका क्षेत्रमा महिलाहरुको सहभागिता बढ्दो

बिकास थापा
कपिलवस्तु ,
पछिल्लो समय महिला सशक्तिकरणका लागि बिजयनगर गाउपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले चालेको कदमहरु उत्कृष्ट र प्रभाबकारी बन्दै गएका छन । गाउपालिकामा निर्वाचित भएर आएलगतै उपाध्यक्ष चौधरीले शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमा महिलाको पहुँच बढाउन थुप्रै नँया निति तथा कार्यक्रम बनाउदै बजेट बिनियोजन गर्दै आउनुभएको छ । गाउपालिका भित्र रहेका गरिब बिपन्न ,एकल बिभिन्न समुदायका महिलाहरुलाई गाउपालिका स्तरी महिला सञ्जालमा जोड्दै उनीहरुको आयाआर्जनमा टेवा पुु¥याउने खालका कामहरु पनि निरन्तर भईरहेका छन । जुन महिला सञ्जालमा आवद्ध भएका महिलाहरुले गाउपालिकाले दिने सेवा सुबिधाका बिषयमा बुझन पाएका छन भने बिभिन्न सिपमुलक तालिममा सहभागि हुन पाएको महिला सञ्जालकी सचिव सुन्दरी खत्रीले बताउनुभएको छ । हिजो घरभित्रका कामहरुमा मात्र सिमित रहने महिलालाई अहिले समाजमा खुलेर गाउपालिका सबै कार्यक्रममा राम्रो सहभागिता जनाएको पाईएको छ । गाउपालिकाले महिलाहरुका लागि ल्याएका कार्यक्रले समाज रुपान्तरण भईरहेको महिला सञ्जालकी सदस्य अरुणा बिकको भनाई छ ।

No description available.No description available.गाउपालिकाका बिभिन्न तालिम तथा कार्यक्रमबाट आयआर्जनका क्षेत्रमा लागेपछि धेरै महिला उद्यमी समेत बनेका छन । गाउपालिकाले दिने कृषिका अनुदानबाट ब्यवसायिक रुपमा पेशा ब्यवसायलाई अघि बढाउन यस क्षेत्रका महिलाहरुलाई अग्रसर भएका छन । गाउपालिकाबाट मुढा बनाउने तालिम ,सिलाईकटाई तालिम ,चूरा बनाउने तालिम , ब्युटिशियन तालिम लगाएतका थुप्रै तालिम दिएपनि त्यसबाट खासै उपलब्धि नदेखिएपछि महिला सञ्जालबाट छलफल गरि महिला समूह गठन गरि उनीहरुको जिवस्तरमा मद्दत पुग्ने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । गाउपालिका रहेका गरिब बिपन्न ,अशक्त र बिभिन्न समस्यामा पर्दै आएका महिलाहरुका लागि उपाध्यक्ष चौधरीले उपाध्यक्ष कोष खडा गर्नुभएको छ । जुन कोषमा यस चालु आर्थिक बर्षमा २ लाख बजेट राखिएको छ । यो कोषबाट गाउपालिका भित्रका बालबालिका तथा महिलाहरुलाई समस्या परेका बेला आवश्यक सहयोग गर्दै आएको उहाको भनाई छ । आफनो कार्यकालभित्र महिला तथा बालबालिका ऐन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस्तै गाउपालिकामा अपांग सञ्जाल बनाएको बताउनुभएको छ । उक्त सञ्जालमा अपंगता भएका ब्यक्तिहरुलाई आवश्यक सहयोग गर्दै आएको उहाको भनाई छ । यस्तै ज्येष्ठ नागरिकहरुका लागि पनि बिभिन्न कार्यक्रममा सहभागि बनाउदै सहयोग गरिररहेको उहाले बताउनुभयो ।

May be an image of Laxmi Kumari Chaudharyमहिला हिंसा न्यूनिकरणका लागि पनि टोलटोलमा पुग्लै हिंसामा परेका महिलाहरुको अवस्था बुझने गरेको बताउनुभयो । यस्तै मधेशी ,दलित ,थारु ,जनजाति ,बिपन्न गरिब एकल महिलालाई लागि ५÷५ लाख भनेर अनुदान कोष राखेको बताउनुभयो । गुणस्तरी शिक्षाको लागि गाउपालिकाको आफ्नै श्रोत साधनबाट पारिश्रमिक दिने गरि स्वयमसेवक शिक्षा भर्ना गरिएको बताउदै स्वास्थ्यका क्षेत्रमा पनि धेरै राम्रा काम गरिरहेको बताउनुभयो । गाउपालिकामा २ वटा बर्थिङ सेन्टर सञ्चालन गरेको र २ वटा सञ्चालनको चरणमा रहेको बताउनुभयो ।

May be an image of 4 people, including Laxmi Kumari Chaudhary and Gopal Thapa and people smiling
TOP