सत्ता साझेदारीबारे प्रचण्ड – नेपाल समूह र जसपाका नेताहरुबीच छलफल
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनासँगै अब बन्ने नयाँ सरकारका लागि सत्ता साझेदारीबारे छलफल भएको जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।
हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको नेकपाको प्रचण्ड-नेपाल समूहले आज जसपाका नेताहरुसँग छलफल गरेको हो । प्रचण्ड-नेपालका नेताहरुसँग भेट्न जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो, नेता राजेन्द्र श्रेष्ठलगायत नेताहरु पेरिसडाँडा पुगेका थिए ।
प्रतिनिधिसभामा दुईजना निलम्बितबाहेक जसपाका ३२ जना सांसद रहेका छन् । छलफलका क्रममा संविधानमा पहिलेदेखि आफूहरुले नै राख्दै आएका असन्तुष्टिका मुद्दाहरुबारे पनि छलफल भएको वरिष्ठ नेता महतोले उज्यालोलाई बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


