विजयनगरमा एकै दिन ३ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन
विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा शुक्रवार एकै दिन ३ ओटा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वडा नंं. १ को बनखेत, वडा नं. ४ को देउपुरा र वडा नं. ६ को बद्धौरमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । गाउँपालिकाले ‘विजयनगरको शान स्वास्थ्यमा सबै जनताको समान पहँुच पु¥याउने अभियान’ भन्ने मूलनाराका साथ स्वास्थ्य केन्द्रलाई विस्तार गरेको छ ।
यहाँका नागरिकलाई सरल र सहज ढङ्गबाट स्वास्थ्य सेवा प्रदान गर्न सरकारले लिएको नीति अनुसार प्रत्येक वडामा आभारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै अध्यक्ष थापाले अब सबै स्वास्थ्य केन्द्रहरुबाट छिटै जनताहरुले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकिने बताउनुभएको छ । वडाहरुमा स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रबाट बृद्धबृद्धा, गर्भवती, सुत्केरी महिला, बालबालिकालाई सहज तरिकाले स्वास्थ्य सेवा पाउने बताउनुभयो । अब वडामा सजिलै सेवा प्रदान गर्न सकिने वातावरणको सिर्जना भएको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले गर्भवती महिलालाई विभिन्न किसिमका खोप लगाउन सजिलो हुने बताउनुभयो । स्वास्थ्य सेवा केन्द्रबाट प्राप्त हुने सेवाले जनतालाई गुणस्तरीय र प्रभावकारी हुने बताउनुभयो । सामान्य रुखा, खोकी, झाडापखाला, ज्वरो, आउँदा स्वास्थ्य चौकी धाउनु पर्ने बाध्यता हट्ने बताउनुभयो । अब प्रत्यक्ष आफ्नै वडाबाट सेवा पाउने बताउनुभयो ।
स्वास्थ्य सेवा केन्द्र सञ्चालनका लागि जग्गा प्रदान गर्ने जग्गादाता कनिकराम चाई, गोपाल पंगेनी, इन्द्र कुमारी थापा र रणवीर थापालाई दोसल्ला ओढाई सम्मानसमेत गरिएको छ । यहाँका नागरिक सेवा सुविधाका लागि जग्गादान गरी अमूल्य सहयोग गरेको बताउँदै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले धन्यवादसमेत दिनुभएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


