मेयर कप : काठमाण्डौ-११ लाई हराउँदै एपीएफ क्लब फाइनलमा
काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेटको फाइनलमा पुगेको छ ।
आज भएको खेलमा काठमाण्डौ मेयर-११ लाई सात विकेटले हराउँदै एपीएफ उपाधि नजिकै पुगेको छ ।
मूलपानी क्रिकेट मैदानमा काठमाण्डौ-११ ले दिएको एक सय ७८ रनको लक्ष्य एपीएफले ४४ ओभर एक बलमा तीन विकेट गुमाएर भेट्टायो ।
एपीएफको लागि सन्दीप जोराले ६२ र शरद भेषवाकरले ६१ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको काठमाण्डौ-११ ले ४८ ओभर पाँच बलमा अलआउट हुँदै एक सय ७७ रन बनायो । उसका लागि सन्दीप रजालीले सर्वाधिक ४८ रन बनाए ।
एपीएफका अविनाश बोहरा र कमल ऐरीले तीन तीन विकेट लिए । एपीएफले उपाधिको लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


