मेयर कप : वाग्मतीले आर्मीलाई १० रनले हरायो, विनोद भण्डारीको शतक

काठमाण्डौ – मेयर कप एक दिवसीय क्रिकेटमा वाग्मती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १० रनले हराएको छ ।

वाग्मतीले दिएको दुई सय ६७ रनको लक्ष्य पछ्याएको आर्मी ४७ ओभर एक बलमा दुई सय ५६ रन बनाउँदै अलआउट भयो । आर्मीका लागि विनोद भण्डारीले शतक प्रहार गरे ।

विनोदले एक सय १९ रन बनाए । वाग्मतीका आरियो पौडेलले पाँच विकेट र रामनरेश गिरीले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको वाग्मतीले ४९ ओभर चार बलमा अलआउट हुँदै दुई सय ६६ रन बनायो।

वाग्मतीका पारस खड्काले शतक प्रहार गरेका छन् । खड्काले एक सय १९ रन बनाए । आर्मीका सोमपाल कामीले पाँच विकेट लिए । वाग्मती र आर्मी दुवै प्रतियोगिताबाट बाहिरिसकेका छन् । 

TOP