ओलीको निर्णयलाई मान्यता नदिन भन्दै खनाल–नेपाल समूहले निर्वाचन आयोगलाई पत्र लेख्याे
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेको खनाल–नेपाल समूह निर्वाचन आयोग पुगेको छ । प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार गरेका निर्णय कार्यान्वयन नगर्न माग गर्दै झलनाथ खनाल र माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको हो ।
विधि, पद्धति र अभ्यास विपरीत गरिएका निर्णय पार्टी विधान अनुकूल नठहरिने खनाल–नेपाल समूहले आयोगमा बुझाएको पत्रमा उल्लेख छ । एमालेका अध्यक्ष ओलीले आफ्नो समूहको केन्द्रीय कमिटी बैठकमार्फत खनाल–नेपाल समूहका नेताहरूलाई जिम्मेवारीबाट हटाउनुभएको थियो ।
‘वैधानिक व्यवस्था र सर्वाेच्च अदालतको फैसला एवम् त्यस आयोगको सूचना विपरीत गरिने कुनै पनि नेकपा (एमाले) को वैधानिक व्यवस्था, सङ्गठनातमक प्रणाली र एकतामाथि आघात पुर्याउने र अवैधानिक ठहर्छ । हामी निवेदकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकताबद्ध र एकीकृत बनाइ राख्न दुढ सङ्कल्पित भएकाले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णय लिइ आयोगमा विवरण सच्याउन माग भइ आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गरेका छौँ’, विज्ञप्तिमा भनिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


