एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जमाउने संकेत नरहेको युरोपियन युनियनको दाबी
काठमाण्डाै – युरोपियन युनियनले अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोना खोप लगाउँदा रगत जम्ने समस्या कुनै पनि हालतमा नरहेको र यो सुरक्षित रहेको दोहोर्याएको छ ।
खोपका कारण रगत जम्ने समस्या हुने कुनै संकेत नरहेको भन्दै युरोपियन मेडिकल एजेन्सी (यूएमए)ले यो खोप लगाएकै कारण रगतमा खराबी आउने कुरा गलत भएको दाबी गरेको हो । युरोपमा ७० लाख व्यक्तिलाई खोप लगाउँदा ३७ जनामा रगत जम्ने समस्या देखा परेपछि केही देशहरुले यो खोप लगाउन छाडेका छन् ।
खोपबारे प्रश्न उठेसँगै विश्व स्वास्थ्य संगठनका खोप सुरक्षा विशेषज्ञहरुले अक्सफोर्ड एस्ट्राजेनेका खोपबारे छलफलसमेत गरेको छ । विशेषज्ञ टोलीले खोपका कारण अथवा अरु कुनै कारण रगतमा समस्या हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ । खोपबारे अध्ययनको नतिजा केही दिनमै सार्वजनिक गर्ने विशेषज्ञ टोलीको तयारी रहेको छ ।
यो खोपले मानिसको शरीरमा फाइदा गर्ने र कोरोना भाइरससँग लड्न सहयोग गर्ने विशेषज्ञ टोलीले विश्वास लिएको छ । युरोपियन युनियनले भने रगतमै पहिलेदेखिकै खराबीका कारण यस्तो भएको हुन सक्ने जनाएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो खोप नरोक्न निर्देशन दिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


