बर्दियामा मान्छे खाने अर्को बाघ पनि नियन्त्रणमा
बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मान्छे तथा घरेलु जनावरलाई आक्रमण गर्ने अर्को बाघलाई पनि नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण काेष र बर्दिया राष्ट्रिय निकुञ्जकाे टाेलीले नेपाल–भारतको खाता जैविक मार्ग क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिइएको हो ।
यसअघि बुधवार (हिजो) बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले एउटा पाटेबाघ नियन्त्रणमा लिएको थियो । बिहीवार अन्दाजी १० वर्षको भाले पाटेबाघलाई टोलीले नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दाेर्ण शर्माले बताउनुभयो ।
बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई बाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ ।
बिहीवार नियन्त्रणमा लिइएको बाघले एक वर्षमा पाँच जनालाई आक्रमण गरेको अनुमान छ । पछिल्लो पटक गएकाे मङ्गलवार एक महिलालाई पाटेबाघले आक्रमण गरेर ज्यान लिएलगत्तै निकुञ्ज र डिभिजन वन कार्यालयको टोलीले अनुगमन गर्दै आएका छन् ।
बाघको आक्रमणबाट राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको सङ्ख्या १० पुगेको छ ।
तस्बिर साैजन्य : डिभिजन वन कार्यालयका सहायक प्रमुख दोर्ण शर्मा ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


