एनएमबीको १२५ दिने निक्षेपमा आकर्षक योजना
काठमाण्डाै – एनएमबी बैंकले १२५ दिने निक्षेपमा आकर्षक योजना ल्याएकाे छ ।
गएकाे माघ महिनादेखि सबैभन्दा बढी ब्याज दिँदै आएकाे एनएमबी बैंकले अब नयाँ योजना अन्तर्गत सर्वसाधारण ग्राहकलाई १२५ दिने मुद्दतिमा ७.२५०० सम्म वार्षिक ब्याजदर (०.५ ∞ प्रिमियमसहित) तोकेको छ ।
बैंकमा निक्षेप थुप्रिरहेको र साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भएर लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थालाई ध्यानमा राख्दै सबै वर्गलाई समेट्ने गरी निक्षेपमा बैंकले उच्चतम ब्याज प्रदान गर्दै आएकाे छ ।
एनएमबीले साना निक्षेपकर्ताहरुलाई बचत गर्न प्रोत्साहन गर्ने गरी निक्षेपमा आकर्षक योजना ल्याएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
बैंकको देशभरिका १८० शाखाहरुमा यो योजना सञ्चालनमा गरिरहेकाे छ । याे सुविधा जुनसुकै शाखाबाट प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ।
बैंकले शाखाहरु साथै देशभरिका १३६ एटीएमहरु, ९ एक्सटेन्सन काउन्टरहरुमार्फत् उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…


