एटलान्टा आक्रमण : एसियाली विरोधी जातिवादको बाइडेनले गरे निन्दा
काठमाण्डौ – अमेरिकाका राष्ट्रपति जो बाइडेनले एसियाली विरोधी जातिवादको निन्दा गर्नुभएको छ ।
अमेरिकको एटलान्टा क्षेत्रमा गएको मंगलबार भएकाे बन्दुक आक्रमणपछि एसियाली-अमेरिकी नेताहरुसँग जर्जियामा भेटवार्ताको क्रममा उहाँले यस्तो बताउनुभएको बीबीसीले जनाएको छ । साथै उहाँले जातीय विभेदको विरोधमा बोल्न अमेरिकी नागरिकलाई आग्रह गर्नुभएको छ ।
एटलान्टा क्षेत्रमा भएको आक्रमणमा ६ जना एसियाली महिलासहित आठ जनाको ज्यान गएको थियो । आक्रमणलाई जातीय विभेदको आरोप लागे पनि प्रहरीले आक्रमणको कारण जातीय विभेद भन्दा पनि एसियाली विरोधी जातीय विभेद भनेको छ ।
पछिल्ला दिनमा एसियाली मूलका मानिसले कोरोना भाइरस फैलाएको आरोप खेपिरहेका बेला अमेरिकामा एसियाली मूलका मानिसप्रति अपराध बढेको छ । यसै सन्दर्भमा बाेल्दै बाइडेनले पूर्वी एसियाली विरुद्धको घृणाजन्य अपराध कोरोना महामारीसँगै उब्जेको र जातीय विभेदले अमेरिकालाई नै संकटमा पारेको बताउनुभएको छ ।
उहाँले यस्तो हुन नदिन अमेरिकी नागरिकले महत्वपूर्ण भूमिका निभाउनुपर्ने कुरामा पनि जाेड दिनुभएकाे छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


