पहिराेका कारण धुन्चे-स्याफ्रु सडकखण्ड बन्द

रसुवा – पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक ठप्प भएको छ ।

धुन्चे–स्याफ्रु सडकखण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै गएराति पहिरो गएको हो ।

पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोका कारण ठूलाठूला ढुङ्गा खसेकाले हटाउन समय लाग्ने  भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । अहिले दुई वटा  एक्स्काभेटर सहयोगमा ढुङ्गा पन्छाउने काम भइरहेको छ ।  

TOP