दूधाधारी माविमा दुई कोठे भवनको शिलान्यास
विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा दुई कोठे भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा र पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाल बहादुर थापाले संयुक्तरुपमा सोमवार एक कार्यक्रमका विच दुई कोठे भवनको शिलन्यास गर्नुभएको छ ।
गाउँपालिकाको वडा नं. १ गुगौलीमा अवस्थित दूधाधारी नमुना माध्यामिक विद्यालयमा उहाँहरुले भवनको शिलन्यास गर्नु भएको हो ।
गाउँपालिका अध्यक्ष थापाको पहलमा हरेक विद्यालय भौतिक पुर्वधारमा समस्या समाधान गर्ने लक्ष्य अनुरुप उक्त माविमा प्रदेश सरकारको २० लाख रुपियाँको लागतमा निर्माण हुन लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रघट कोरीले जानकारी दिनुभयो ।
विद्यालयमा विद्यार्थीको अनुपातमा विद्यालयमा कोठाको अभाव अत्याधिक विद्यार्थीको संख्यामा चाप भएकोले थप दुई कोठे भवन निमार्ण हुन लागेको प्रधानाध्यापक सुग्रीव प्रसाद कोरीले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


