गोक्यो ताल छेउमा गाएको गीतले बनायो विश्व कीर्तिमान
काठमाण्डाै – सोलुखुम्बुको गोक्यो ताल छेउमा रेकर्ड भएको गीत ‘गोक्यो रि’ ले विश्व कीर्तिमान बनाएको छ । चार हजार आठ सय १३ मिटर उचाइमा गएको फागुनमा रेकर्ड गरिएको गीत र म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वकै अग्लो ठाउँमा रेकर्ड गरेको गीत तथा म्युजिक भिडियोको रूपमा सूचीकृत गरेको हो ।
गोक्यी रि गीत नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरी पर्यटन व्यवसायीसमेत रहेका निर्माता लक्ष्मण कार्की, पर्यटन व्यवसायी सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान राख्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायी तथा सिनेमाटोग्राफर राजन खरेल र बासुरी बाधक पावल राईले निर्माण गरेका हुन् ।
कोरोना महामारीले थलिएको पर्यटन व्यवसायलाई फेरि स्थापित गराउन गोक्यो रि बोलको गीतको रेकर्ड र म्युजिक भिडियो बनाएको पर्यटन व्यवसायी लक्ष्मण कार्कीले बताउनुभयो । बबिना राईको आवाजमा रहेको गीत मिल किरातीले लेख्नुभएको हो । म्युजिक भिडियोको निर्देशन दुर्लभ जन्तरे (बुद्धिराज राई) ले गर्नुभएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


