वडा स्तरीय कप अतरपरीले जित्यो।
कपिलबस्तु :-वडा स्तरीय कप अतरपरीले जित्यो।कपिलवस्तु जिल्लाको मायादेवी गाउपालिका वडा नं. ३ को अतरपरी गाउमा संचालित वडा स्तरीय क्रीकेट टुर्नामेंटको आज भएको फाइनल खेलमा खैराटीलाई ३ विकेटले हराउदै अतरपरीले कप तथा पुरस्कार हात पारेको छ। वडा कार्यालयको सहयोगमा जानकी युवा क्लव द्वारा आयोजित सप्ताहव्यापी को टुर्नामेंटमा गाउँ स्तरीय नौ टीमले भाग लिएका थिए।

विजयी टीम तथा खेलाडीहरुलाई वडा अध्यक्ष सुकदेव प्रसाद तिवारी पुरस्कार तथा कप प्रदान गरेका छ्न। टुर्नामेंटका अम्पायर हरिश्चन्द्र यादव, राजेश कलवार, मनोज वरई, दर्शन यादव तथा कमेन्टेटर परमानन्द दुबेलाई प्रमाणपत्र सहित सम्मानित गरिएको छ।

समाजसेवी नारायण यादव , जीतबहादुर यादव , वडा सदस्य अलिहसन मुसलमान , नवलकिशोर पाण्डेयको आतिथ्यतामा तथा वडा अध्यक्ष सुकदेव प्रसाद तिवारीको अध्यक्षता तथा आयोजक विशाल सिंहको संचालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


