नेपाली परिकारलाई विश्व सामु चिनाउने सन्ताेष साह ‘हिराेज अफ नेपाल’ मा सम्मानित

काठमाण्डाै – नबिल बैंकको ‘हिरोज अफ नेपाल’ मा शेफ सन्तोष साह सम्मानित हुनुभएको छ । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल नेपालीलाई सम्मान गर्ने अभियानअन्तर्गत साहलाई सम्मान गरेको हो । 

बैंकले बिहीवार काठमाण्डाैमा एक कार्यक्रम आयोजना गरी साहलाई सम्मान गरेको हो । शेफ सन्तोष साहले बेलायतको मास्टर शेफ कार्यक्रममा नेपाली परिकारहरूलाई विश्व सामु चिनाउनुभएको थियो । 

सम्मान कार्यक्रममा शेफ साहले आफ्ना अनुभव र जीवनका उपलब्धिहरू बताउनुभएको थियो । बैंकले शेफ साहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्ने र पाँच जना महिला विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणासमेत गरेको छ ।  

TOP