भारतमा एकैदिन ५९ हजारमा कोरोना पुष्टि
एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्याले फेरी नयाँ रेकर्ड कायम गर्न थालेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ५९ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा एकैदिन यति धेरै संक्रमित पुष्टि भएको यो वर्षकै धेरै भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन ।
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार ९८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २५७ जनाको मृत्यु भएको जनाइएको छ ।
योसँगै भारतमा संक्रमितको संख्या १ करोड १८ लाख ४६ हजार ८२ पुगेको छ । भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ५९६ रहेका बताइएको छ ।
यसैबीच भारतले कोरोना खोप निर्यातमा कुनै पनि बन्देज नलगाएको बताएको छ । साझेदारी मुलुकलाई चरणबद्धरुपमा खोप सप्लाई गर्ने भारतले जनाएको छ ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले भारतले अस्थायीरुपमा खोप निर्यात बन्द गरेको समाचार प्रकाशित भएपछि भारतले यसको खण्डन गरेको हो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


