सिकार खेल्न गएका एक जनाकाे गोली लागेर ज्यान गयाे
दाङ – दाङमा सिकार खेल्न गएका एक जनाको गोली लागेर ज्यान गएको छ ।
घोराही उपमहानगरपालिका-१३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१२ को जंगलमा शुक्रवार राति यस्ताे घटना भएको हो ।
घटनास्थल पुग्न तीन/चार घण्टा पैदल हिँड्नु पर्ने तथा फोन सम्पर्क समेत राम्रोसँग हुन नसकेका कारण घटनाबारे थप विवरणहरू आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।
गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनु भयो । गोली चलाउने व्यक्तिको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


