जोशीको निधनमा शोक प्रस्ताव पारित, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने
काठमाण्डाै – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
केन्द्रीय समितिले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत संघर्षरत नवीन्द्रराज जोशीको निधनले मर्माहत र स्तब्ध भएको जनाएको छ । कांग्रेसले विज्ञप्तीमार्फत नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो देशले एक क्षमतावान नेतृत्वलाई गुमाएको उल्लेख गर्दै जोशीको निधनबाट पार्टी र देशलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
स्वर्गीय जोशीको सम्मानस्वरुप कांग्रेसले चैत १५, १६ र १७ गते सबै कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ । १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने पनि कांग्रेसले जनाएको छ ।
मस्तिष्कघातको उपचार गराइरहेका कांग्रेस नेता नविन्द्रराज जोशीको हिजो राति निधन भएका थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


