प्रगतिशिल लेखक संघको सडक साहित्यिक कार्यक्रम सुरु
राम अवतार चौधरी ,कपिलवस्तु
सडक साहित्यिक कार्यक्रम कपिलवस्तुको चार नम्बर जितपुर चोकमा शनिबारबाट सूरु गरेको छ । प्रगतिशिल लेखक संघ नेपाल कपिलवस्तुको आयोजनामा भएको कार्यक्रम सक्रिय लेखकहरुले समाजमा थप उर्जा दिनुका साथै समुदायमा जनाचेतना फैलाउनको लागि सो कार्यक्रम आयोजना गरिएको हो ।
यसैगरी यहि श्रावणबाट सुरु भएको सडक साहित्यिक कार्यक्रम प्रगतिशिल लेखक संघले अब हरेक महिनाको अन्तिम शनिबार गर्ने संघले जनाएको छ । पहिलो पटक यस्तो साहित्यिक कार्यक्रम गर्दा समुदायमा केही फरक जनचेतनामूलक प्रभाव पर्ने आयोजकले दावी गरेको छ । साथै यहि भदौ महिनाको अन्तिम साता कोईली बनगाई चोकमा आयोजना गरिने बताईएको छ ।
कार्यक्रमले समुदायमा नयाँ आयम थप्नुका साथ–साथै नवा प्रतिभालाई अवसर दिनुपर्ने अहिलेको आवश्यकता ठानेर गाउँ देखि चोक सम्म पनि पुग्न जरुरी रहेको आयोजकले बताएको छ । कार्यक्रममा वक्ताहरुले साहित्यिक गीत, गजल, मुक्त र कविता लगायतका रचना प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम प्रगतिशिल लेखक संघका अर्जुन पौडल ९शर०को अध्यक्षता, सोही संघको उपाध्यक्ष नृत्यनन्द पाण्डेको स्वागत मन्तव्य र सचिव दीपक अनुरागीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


