म्यानमार : सेनाविरुद्ध सडकमा फोहोर फालेर प्रदर्शन, अहिलेसम्म ५ सय जनाको ज्यान गयो
काठमाण्डाै – म्यानमारमा सेनाको ज्यादतीविरुद्ध प्रदर्शनकारीले सडकमा फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् ।
सडकमा फोहोर फालेर भइरहेको प्रदर्शनका फोटोकाे सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
अवज्ञा आन्दोलनअन्तर्गत प्रदर्शनकारीले आजदेखि सडकमा फोहोर फालेर विरोध जनाउन थालेका बीबीसीले जनाएको छ ।
म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि विरोध प्रदर्शन भइरहेको छ ।
विरोध प्रदर्शन रोक्न त्यहाँका सुरक्षाकर्मीले बल प्रयोग गर्ने गरेका छन् । अहिलेसम्म प्रदर्शनका क्रममा ५ सय जनाको ज्यान गइसकेको खबरमा उल्लेख छ ।
हिजो मात्रै १४ जनाको ज्यान गएको थियो । म्यानमार सेनाले नागरिकमाथि गरिरहेको दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउँदै आएका छन् ।
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
भदौ १५, २०८३
कृष्णनगर, १५ भदौ । कपिलवस्तुको बहादुरगञ्जमा आगामी २०८३ साल भदौ २० गते शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ…


