सफल कप्तानकाे सन्न्यास : भन्छन्, ‘फुटबल गतिविधिबाट टाढा रहन सक्दिन’
काठमाण्डाै – नेपाली फुटबल खेलमा सफल कप्तानमध्येका एक डिफेन्डर (रक्षक) विराज महर्जनले सोमवार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिने बङ्गलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्न्यासको घोषणा गरेका हुन् । उपाधि जितेको नेपाललाई खुसीसँगै विराजको सन्न्यासले केही भावुक पनि बनायो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमवार ७३ औँ अन्तर्राष्ट्रिय खेल करियर खेल्दै सन्न्यासको घोषणा गरेका हुन् । दशरथ रङ्गशालामा सोमवार त्रिदेशीय कप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशको टोलीलाई दुई/एकले हराउँदै उपाधि दिलाएसँगै विराजले सन्न्यासको घोषणा गर्नुभएको हो । अन्तिम पटक दशरथ रङ्गशालामा राष्ट्रिय जर्सीमा देखिएका विराजलाई समर्थकले सम्मान दिएका थिए ।
डेढ वर्षे अन्तर्राष्ट्रिय गोलविहीन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो । उपाधि उचाल्दै फुटबल करियरलाई अन्त्य गर्न पाउँदा विराज खुसीसँगै भावुक पनि भएका थिए ।
बङ्गलादेशविरुद्धको फाइनल खेलमा विराजले नेपालका लागि खेलेको ७३ औँ प्रतिस्पर्धा रह्यो । वैकल्पिक खेलाडीका रूपमा ९० औँ मिनेटमा मैदानमा प्रवेश गरेर अन्तिम खेल सुखद बनाउने अवसर विराजले पाएका हुन् । सन् २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा डेब्यु गरेका विराजले यसअघि राजु शाक्यको नाममा रहेको ६८ क्यापलाई उछिनेर नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी पनि बनेका छन् ।
कुल १८ पटक नेपाली टोलीको कप्तानी सम्हालेका विराजले २०१५ केरालामा भएको साफ च्याम्पियनशिपमा भारतविरुद्धको खेलमा कप्तानको आर्म–ब्यान्ड पहिरिएका थिए । विभिन्न क्लब र राष्ट्रिय टोलीमा इन–आउट हुँदै फुटबल खेलेका विराजले यसअघि अन्तिम पटक सन २०१९ मा मलेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेका थिए ।
थ्री स्टार, मनाङ मर्स्याङ्दीका लागि तीन लिग उपाधि दिलाएका विराजको कप्तानीमा सन् २०१६ मा बङ्गबन्धु गोल्ड कप र त्यही वर्षको सोलिडारिटी कपको उपाधि नेपालले हात पारेको थियो । नेपालले १२ औँ दक्षिण एसियाली खेलकुदको पुरुष फुटबलमा स्वर्ण पदक जित्दा विराज नै कप्तान रहेका थिए । त्यही आधारलाई मान्दा विराज सर्वाधिक सफल खेलाडीमध्ये एकको परिचय बनाउन सफल भएका हुन् । सन्न्यासको घोषणा गरेका विराजले फुटबल गतिविधिबाट टाढा रहन नसक्ने प्रतिक्रिया दिए ।
खेलकुदलाई जीवन अपर्ण गर्ने जो कोही खेलाडीलाई सन्न्यासको घोषणा गर्नु निकै पीडाको क्षण हुने गर्दछ । सफल कप्तान र डिफेन्डरकाे परिचय बनाएका विराजलाई नेपाली फुटबलले सफल कप्तान र अनुशासित खेलाडीका रूपमा सधैँ सम्झिरहनेछ ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


