सरकारको निर्देशन उदयपुरमा लागू भएन
संघीय सरकारले वायुप्रदुषणको कारण जनाउँदै आजदेखि चार दिन मुलुकभरका शैक्षिक संस्थामा बिदा दिने निर्णय गरे पनि उदयपुरको बेलका नगरपालिकाले भने उक्त निर्णयको अवज्ञा गरेको छ ।
बेलका नगरका प्रमुख दुर्गाकुमार थापा (स्वस्ति) ले संघीय सरकारले भने जस्तो जोखिम नभएकोले वायुप्रदुुषणको बिदा आफ्नो नगरभित्र लागू नहुने जानकारी गराएका छन् ।
यसले गर्दा नगरभित्रका डेढ दर्जन शैक्षिक संस्था सदाझैँ खुलेका छन् । यसैगरी उदयपुरका चौदण्डीगढीका विद्यालयहरू पनि खुलेका छन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


