‘पढेर राम्राे जागिर खाेज्ने अनि कतै जागिर नपाएपछि शिक्षण पेसामा आउने प्रवृत्ति ठिक हाेइन’
काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेसाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताउनुभएको छ ।
बुधवार काठमाण्डाैमा आयोजित सिकाइ आदान–प्रदान तथा आउँदा कार्यदशासम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेसाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरूको पढाइ कमजोर भएको बताउनुभयो ।
उहाँले कुनै पनि व्यक्तिले आफ्नो पढाइ सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेसा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउनुभयो । मन्त्री श्रेष्ठले शिक्षक पेसामा आउनेहरू पनि अन्यत्र जागिर पाउनेबित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीहरू राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाइसकेपछि (क्षमा गरिदिनुहोला) अनि शिक्षण पेसामा आउने । शिक्षण पेसामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजिमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यकाे बारेमा चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरू देशका भविष्यका कर्णाधार जसको भविष्यसँग देशकाे भविष्य गासिँएको छ, त्यसबारेमा हामी कति गम्भीर बन्छौँ र चिन्तित बन्छाैँ ।’
विकसित देशका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रूपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रूपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको बताउनुभयो । सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस् भन्नेतर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


