सितामढीमा फेला परेका युवती र बालिकालाई नेपाल ल्याइयो
महोत्तरी – महोत्तरीको भङ्गाहबाट एकैसाथ हराएका सात युवती तथा बालिकालाई गएराति नेपाल ल्याइएको छ ।
भङ्गाह नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दिनुभएको जानकारी अनुसार हिजो भारतको सितामढीमा फेला परेका उनीहरुलाई प्रक्रिया पुर्याएर नेपाल ल्याइएको हो ।
आज थप सोधपुछ र अनुसन्धान गरेपछि परिवारको जिम्मा लगाइने पनि उहाँले बताउनुभयो । घटनाको अनुसन्धान गरी दोषी पत्ता लगाउनको लागि सहयोग गर्न उनीहरुलाई मेयर साहको रोहबरमा तत्काल प्रहरीमा नै राख्न परिवारजन सहमत भएको हो ।
अस्ति मंगलवार घरबाट घाँस काट्न गएका भङ्गाहा नगरपालिका-८ धर्मपुराकी ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।
भारतको सीतामढी प्रहरीले उद्धार गरेपछि उनीहरुले आफूहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । उनीहरुलाई बाहिर लैजान कसैको संलग्नता भएको हुन सक्ने आशङ्का गरिएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


