टेलिफोनका ग्राहक झण्डै चार करोड, साढे दुई करोड जनसङ्ख्या इन्टरनेटको पहुँचमा
काठमाण्डाै – नेपालमा चौथो पुस्ताको सञ्चार सेवा अर्थात् फोर जी प्रयोगकर्ताको सङ्ख्या ७० लाख नाघेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो रिपोर्टअनुसार माघसम्म ७० लाख ९२ हजार वटा फोर जी सिम कार्ड जारी भएका छन् ।
फोर जीमा सबैभन्दा ठूलो हिस्सा एनसेलको रहेको छ । एनसेलले ४३ लाख २५ हजार फोर जी सिम जारी गरेको छ भने नेपाल टेलिकमका २५ लाख ४४ हजार सिम कार्ड जारी भएका छन् । यस्तै स्मार्ट सेलका दुई लाख २१ हजार सिम जारी भएका छन् ।
यस्तै अहिलेसम्म नेपालमा तीन करोड ८७ हजार मोवाइल सिम कार्ड जारी भएका छन् । जसमध्ये तीन करोड ७० लाख वटा जीएसएम सिम रहेका छन् भने १६ लाख ९१ हजार सीडीएमए सिम रहेका छन् ।
यस्तै ल्याण्ड–लाइनसहितका सम्पूर्ण टेलिफोन ग्राहकको सङ्ख्या तीन करोड ९५ लाख ८२ हजार रहेको छ । नेपालको जनसङ्ख्यालाई आधार मान्दा एक सय २८ प्रतिशत जनसङ्ख्यामा टेलिफोन सेवाको पहुँच पुगेको छ । तर एकैजनाको नाममा धेरै सिम कार्ड जारी भएकाले कुल जनसङ्ख्याको ठ्याक्कै कति जनसङ्ख्या टेलिफोनको पहुँचमा पुगेको छ भन्ने थाहा नभएको प्राधिकरणले जनाएको छ ।
यस्तै दुई करोड ५२ लाख जनसङ्ख्यामा इन्टरनेटको पहुँच पुगेको प्राधिकरणको रिपोर्टले जनाएको छ । यसमध्ये इन्टरनेट सेवा प्रदायक कम्पनीका ५४ लाख ग्राहक रहेका छन् भने एक करोड ९९ लाख मोबाइल इन्टरनेट सेवा लिनेहरू रहेका छन् । यसमध्ये नेपाल दूरसञ्चार कम्पनीका एक करोड २९ लाख र एनसेलका ६८ लाख १७ हजार ग्राहक रहेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


