आज विश्व अटिजम जनचेतना दिवस मनाइँदै
काठमाण्डाै – आज १४ औँ विश्व अटिजम जनचेतना दिवस मनाइँदैछ ।
अटिजम जन्मजात हुने एक विशेष खालको अपाङ्गता हो । अटिजमका लक्षण जन्मिएको तीन वर्षभित्र प्रष्ट रुपमा चिन्न सकिने फिजियोथेरापिस्ट एवम् अटिजम केयर नेपाल सोसाइटीका प्रशासकीय प्रमुख सुरेन्द्र बज्राचार्यले बताउनुभयो । उहाँका अनुसार अटिजम भएका बालबालिकाहरुले आत्म केन्द्रीत व्यवहार देखाउँछन् ।
झट्ट हेर्दा सामान्य अवस्थाकै बालबालिका जस्ता देखिए पनि अटिजम भएका बालबालिकाहरुले अरुलाई वास्ता नगर्ने हुन्छन् । अटिजम भएका बालबालिकामा पनि छुट्टै विशेषता हुन्छ । समयमा नै उपचार गराउन सके उनीहरुको वृत्तिविकासमा सहयोग पुग्ने बज्राचार्यले बताउनुभयो ।
बालबालिकाले अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै व्यवहार लगातार दोहोर्याइरहने, अरूसँगै घुलमिल नहुने जस्ता समस्या बालबालिकाले देखाए तुरुन्त परामर्शमा जानु पर्ने उहाँले बताउनुभयो। उहाँका अनुसार अटिजमको कुनै औषधि नभएकाले बालबालिकाको वृत्ति विकासका लागि अभिभावकले नै वातावरण बनाउनु पर्दछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


