‘राजनीतिक परिवर्तन उल्ट्याउँदै नेपाली समाजलाई निरङ्कुशतातर्फ लैजाने खतरा बढ्याे’
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज निरङ्कुशतातिर जाने खतरा रहेको बताउनुभएको छ । शुक्रवार वामपन्थी नेता स्व. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले प्राप्त गरिएका राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउँदै नेपाली समाजलाई निरङ्कुशतातर्फ लैजाने खतरा बढेको बताउनुभयो ।
देशभित्र र बाहिरका शक्तिहरू संवैधानिक निकायहरूसमेतको संलग्नतामा शेटिङमा लागेको भन्दै उहाँले संविधान, ऐन र मूल्य–मान्यताले काम नगर्ने तर शेटिङले काम गर्ने अवस्था अहिले रहेको बताउनुभयो । नेपाल र नेपाली नागरिककाे अधिकार र पहिचानका विरुद्ध शेटिङ भएको पनि दाहालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘समाज चरम निरङ्कुशतातिर जाने खतरा छ । हामी त्यसका विरुद्ध खबरदारी गरेका छौँ । अहिले तपाईँ हामीले सुन्ने गरेको शब्द एउटा छ । अलि बढी नै सुन्ने गरेका छौँ शेटिङ । देशभित्रका, बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरूको बीचमा शेटिङ हुने । नियमले काम नगर्ने, संविधानले काम नगर्ने, मूल्यले काम नगर्ने, मान्यताले काम नगर्ने, ऐनले काम नगर्ने, शेटिङले काम गर्ने । त्यो शेटिङ सबै नेपाल राष्ट्र र नेपाली नागरिककाे अधिकारका विरुद्ध, पहिचानका विरुद्ध परिलक्षित हुने यो बिडम्बनाको हामीले सामना गर्नुपर्ने बडो विचित्रको स्थितिमा हामी अहिले छौँ ।’
अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिहरूमाथि प्रहार हुन थालेको बताउनुभयो । उहाँले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकाले कम्युनिस्टप्रति नागरिककाे भरोसा टुट्ने खतरा देखिएकाे बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कम्युनिस्ट आन्दोलन र वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धिमाथि प्रहार हुन थालेको बेला छ यो । जातीय, भाषिक, वर्गीय, उन्मुक्तितिर अगाडि बढेको, लामो सङ्घर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार हुन लागेको अवस्था छ । राज्य सबैभन्दा बढी सुशासन र पारदर्शिताको प्रतिक हुनुपर्ने हो । सबैभन्दा अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएको बेला छ यो । कम्युनिस्टहरूकाे एकता र उनीहरूप्रति नागरिककाे जो भरोसा थियो त्यो टुट्ने खतरा पैदा भएको बेला छ । कम्युनिस्ट आन्दोलन भित्रैबाट सबैभन्दा वैचारिक ढङ्गले विचलन, विसङ्गति र विकृति माथिल्लो तहमा नै देखिनु, उनीहरूको नेतृत्वमा रहेको सरकार सबैभन्दा अपारदर्शी र भ्रष्ट भएका खबरहरू यत्रतत्र देखिनु आफैँमा ठूलो विडम्बना भएको छ ।’
अध्यक्ष प्रचण्डले सडक विस्तारका नाममा सडक नजिकै भएका घरहरू भत्काएर नागरिकलाई सुकुम्बासी बनाउने अधिकार सरकारसँग नभएको बताउनुभयो । नेपालका नेवार समुदायलाई राज्यले जे गरे पनि हुन्छ भन्ने ठानेर ऐतिहासिक, सांस्कृतिक वैभव र संरचनाहरूलाई विकासका नाममा मिचिदिने प्रवृत्ति बढेको पनि उहाँकाे भनाइ थियाे ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


