सेती नदीमा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गयो
डोटी – डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा आज शनिबार दिउँसो एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार डुबेर ज्यान गुमाउनेमा सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इन्जिनियर पढ्दै गरेका दार्चुला जिल्लाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धामी रहेका छन् ।
शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल सालमुनीमा आज शनिबार पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदिभित्रको हिलोमा अड्किएर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


