१६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किमी सडक बन्ने
काठमाडौं, चैत २२ । मुलुकका १६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किलोमिटर (किमी) सडक निर्माण गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ वर्षभित्र सम्पन्न हुनेगरी सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण सम्पन्न गरिने बताएका छन् ।
निर्वाचन क्षेत्रमा सडक निर्माण गर्ने कार्यको शनिवार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यो योजना नेपालमा सडक सञ्जाल विस्तारमा कोसेढुंगा हुने बताए । कार्यक्रममा यो योजना निर्धारित समयभित्रै निर्माण सम्पन्न हुनेगरी काम अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि अर्थात् २०७४ फागुनदेखि २०७७ फागुनसम्म देशभर कालोपत्र र स्तरोन्नति गरी ३ हजार ५१२ (किमी) सडक निर्माण भएको जानकारी दिए। यस्तै यस अवधिमा ५२८ ओटा मोटरेबल पुल निर्माण भएको उल्लेख गरिएको छ । आर्थिक अभियान दैनिकबाट
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


