नेपाली राष्ट्रिय फुटबल टाेलीका मुख्य प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी
काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कुवेतका अब्दुल्लाह अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
एन्फाले आइतबार एक कार्यक्रमको आयोजना गरेर अलमुताइरीलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएकाे घोषणा गरेको हो । काठमाण्डाैमा सम्पन्न त्रिदेशीय फुटबल कपमा नेपाललाई उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनलाई प्रतिस्थापन गर्दै एन्फाले अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको हो ।
नेपालले त्रिदेशीय कपमा उचालेको उपाधिले नेपाली समर्थकलाई धेरै खुसी दिएजस्तै आउँदा दिनमा नेपाली समर्थकलाई खुसी दिलाउन मेहनत गर्ने नवनियुक्त प्रशिक्षक अलमुताइरीले बताए ।
आइतबार नियुक्ति पाएका ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्षका लागि नेपाली टाेलीलाई हेर्नेछन् । यस अवधिमा उनले कम्तीमा विश्वकप छनोट र साफ च्याम्पियनशिपमा नेपाली टाेलीकाे नेतृत्व लिनेछन् ।
अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) ले राष्ट्रिय टाेलीका प्रशिक्षक हुन प्रो–लाइसेन्स अनिवार्य गरेपछि अलमुताइरीको नेपाली फुटबलमा प्रवेश भएको हो । नेपाल आएका अलमुताइरीले नेपाली फुटबललाई दक्षिण एसियामा बलियो बनाउन आफूले सक्दो मेहनत गर्ने बताए ।
कतार फुटबल सङ्घसँगको सहकार्यमा अलमुताइरी नेपाल आएका हुन् । उनको पारिश्रमिक कतारी फुटबल सङ्घले बेहोर्नेछ भने नेपाल बसाइको खर्च एन्फाले बेहाेर्नेछ । त्रिदेशीय कपको उपाधि जिताएका प्रशिक्षक बालगोपाल महर्जनलाई एन्फाले प्रो–लाइसेन्सका लागि कतार पठाउने निर्णय गरेको प्रवक्ता किरण राईले जानकारी दिए ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


