कपिलवस्तुमा धुर्मुस हात थाप्दै किन आए ?
कपिलवस्तु २२ चैत । चितवनस्थित गौतमबुद्ध अन्तरराष्ट्रिय रंगशाला निर्माणको लागि सहयोग जुटाउन मेची महाकाली अभियानमा हिडेको धुर्मुस सुन्तली फाउण्डेसनको टोली आज कपिलवस्तुका केहि स्थानमा आयोजना हुने कार्यक्रममा सारिक हुन कपिलवस्तु आइपुगेका छन् ।बुद्धभूमिस्थित होटल पौवामा रात कटाएका उनीहरु विहानभर गोरुसिंगे, इमिलिया लगायतमा आयोजना भएका कार्यक्रममा सहभागि हुने छन्
१२ बजे बाणगंगामा आउने कार्यक्रम रहेको अभियान्ता अर्जुन घिमिरे (पाँडे) ले जानकारी दिनुभयो ।चार नम्बर चोकमा र पिपराको हिलवर्ट बोर्डिङ स्कुलमा हुने सहयोग कार्यक्रममा सिताराम कट्टेल (धुर्मस), हास्य कलाकार अर्जुन घिमिरे (पाँडे), नागरिक समाजका अध्यक्ष निगम हुमागाई, अभियान्ता अर्जुन भुसालसहित १० जनाको टिम आउने छ ।
रकम अभावले रंगशाला निर्माणको काम प्रभावित भएको भन्दै आफूहरु मेची महाकाली अभियानमा जुटेको उहाँले बताउनु भयो । रंगशाला निर्माण अभियानलाई असफल बनाउन बिभिन्न भ्रमहरु आइरहेको भन्दै त्यसप्रति नलाग्न पनि उहाँले आग्रह गर्नुभयो ।रंगशाला निर्माणमा आफूहरुको कुनै स्वार्थ नरहेको भन्दै देश बनाउने एक मात्र उद्धेश्य रहेको उहाँले बताउनु भयो ।
सहयोग गर्न इच्छुकले सानोठुलो जति पनि सहयोग गर्न सक्ने धुर्मुसको भनाई छ ।आफूहरुले सहयोगको लागि कुनै कर नगर्ने र स्वतस्फुर्त आयोजना हुने जुनसुकै सहयोग कार्यक्रममा सहभागि हुने हास्यकलाकार पाँडेले बताउनु भयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


