ललितपुर मेयर कप : लुम्बिनी र प्रदेश-१ खेल्दै
ललितपुर – ललितपुर मेयर कप महिला टी–ट्वान्टी क्रिकेटमा आज लुम्बिनी र प्रदेश १ खेल्दैछन् ।
खेल कीर्तिपुर मैदानमा दिउँसो एक बजे सुरु हुनेछ । हिजो भएको खेलमा मेयर-११ ले लुम्बिनी प्रदेशलाई २७ रनले हराएको थियो ।
अस्ति भएको पहिलो खेलमा प्रदेश-१ एपीएफसँग आठ विकेटले पराजित भएको थियो । प्रतियोगितामा एपीएफ, प्रदेश-१, सुदूरपश्चिम, लुम्बिनी प्रदेश र ललितपुर मेयर्स–११ सहभागी छन् । शीर्ष दुई टोलीबीच चैत २८ गते फाइनल खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


