मकवानपुरमा आगलागीमा परि एक जनाको ज्यान गयाे

मकवानपुर – मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ ।

गाउँपालिकाकाे वडा नम्बर ३ पारीपाखाको जङ्गलमा लागेको डढेलो नजिकैको घरमा सल्किँदा ६९ वर्षीया हस्तमाया सिन्तानको ज्यान गएको प्रहरीले जनाएको छ ।

आगोले घरगोठ, लत्ताकपडा, खसीबाख्रा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

TOP