महाराष्ट्रमा कर्फ्यु र लकडाउन घाेषणा, २४ घण्टामा १ लाखभन्दा बढीमा काेराेना सङ्क्रमण
काठमाण्डाै – कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएपछि भारतको महाराष्ट्र राज्यमा कर्फ्यु र लकडाउनको घोषणा गरिएको छ ।
रातको समयमा कर्फ्यु लगाइने भएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु लागू हुनेछ । नागरिकलाई घरबाहिर ननिस्किन भनिएको छ ।
शुक्रवार राति आठ बजेदेखि पूर्णरूपमा लकडाउन लागू हुनेछ । जुन सोमवार बिहान सात बजेसम्म कायम रहनेछ ।
लकडाउनका बेला पनि अत्यावश्यक सेवामात्र सञ्चालन हुनेछन् । महाराष्ट्रमा मात्रै हिजो ५७ हजारभन्दा बढी कोरोनाका सङ्क्रमित थपिएका थिए । भारतभर पछिल्लो २४ घण्टामा एक लाख बढी सङ्क्रमित थपिएका छन्। त्यस्तै हिजो ९३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
भारतमा अहिलेसम्म एक लाख ६५ हजारले ज्यान गुमाएका छन् । अहिलेसम्म सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या १ करोड २५ लाखभन्दा बढी छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


