माओवादी केन्द्रले चार जना मन्त्रीलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्याे
काठमाण्डाै – नेकपा माओवादी केन्द्रले चार जना मन्त्रीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ । अध्यक्ष प्रचण्डले उद्योग मन्त्री लेखराज भट्ट, उर्जा मन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरीलाई पार्टी र सांसदबाट हटाएको पत्र माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले सङ्घीय संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।
पार्टीको निर्देशन नमानेको, नेतृत्वविरुद्ध लागेको, एमालेमा प्रवेश गरेको लगायतका विषयमा सोधिएको स्पष्टीकरणको जवाफ नदिएको र पार्टीको सम्पर्कमा नआएको भन्दै चार जनालाई हटाइएको माओवादी केन्द्रले जनाएको छ । चारै जनालाई पार्टीले सांसदबाट हटाइसकेकाले उनीहरूकाे पद निलम्बन गर्न पनि माओवादी केन्द्रले संसद् सचिवालयलाई आग्रह पनि गरेको छ ।
अब कानुनअनुसार लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशङ्कर चौधरीलाई सांसदबाट हटाइएको सूचना सभामुख अग्निप्रसाद सापकोटाले संसद्को चालु अधिवेशनबाटै जानकारी दिनुपर्नेछ ।
माओवादी केन्द्रले गृह मन्त्री रामबहादुर थापालाई पनि राष्ट्रिय सभा सदस्यबाट हटाउने निर्णय गरेको छ । केही दिनपछि यसको जानकारी संसद् सचिवालयमा पुग्ने केन्द्रले जनाएको छ ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


